मधेसका मुख्यमन्त्री राउतकी श्रीमती उपाध्यक्षमा पराजित

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
पर्सा
पर्साको जगरनाथपुर गाउँपालिका उपाध्यक्षमा चुनाव लडेकी मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती जलेखा खातुन पराजित भएकी छन् । जसपाबाट खातुन उपाध्यक्षमा चुनाव लडेकी थिइन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी बविता सिंह ५,५३१ मत ल्याएर विजयी भएकी छन् । ३,१२३ मत ल्याएकी खातुन निकटम प्रतिस्पर्धी समेत बन्न सकिनन् । विजयी सिंहको निकटम प्रतिस्पर्धी नेकपा एमालेकी मिरादेवी कुर्मी ३,३४५ मत पाएकी छन् ।

गाउँपालिका अध्यक्षमा समेत त्यहाँ जसपाका उम्मेदवार कृष्णमोहन प्रसाद यादव पराजित भएका हुन् । अध्यक्षमा नेपाली कांग्रेसका श्रीकान्त यादव ५,७४९ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका मो। सलिम मंसुर ३,९२६ मत ल्याएका छन् । जसपाका यादव मात्र ३,४४७ मत ल्याएका छन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...