धनुषाको सहिदनगर नगरपालिकामा मेयर जनता समाजवादी पार्टी र उपमेयर नेपाली काँग्रेसको जित

[sharethis-inline-buttons]

आज्ञा खबर

नेकपा माओवादी केन्द्रको गढ धनुषाको सहिदनगर नगरपालिकामा मेयर जनता समाजवादी पार्टी र उपमेयर नेपाली काँग्रेसको जित भएको छ ।

निवर्तमान कान्छो मेयर उदयकुमकार बरबरिया यदावलाई तेश्रो नम्बरमा पछार्दै जसपाका दिनेश प्रसाद यादव मेयर पदमा विजयी भएका हुन् ।

उनी १६३८ मतान्तरले काँग्रेस उम्मेदवार सुधिरकुमार गोइतलाई पराजित गरेका छन् ।

यादवले ५ हजार ७४३ मत ल्याइ विजयी भएका हुन् भने उनका निकटतमप्रतिद्वन्दी काँग्रेसका गोइतले ४ हजार १०५ मत मात्र ल्याउन सके ।

तेश्रो नम्बरमा माओवादी केन्द्रका उम्मेदवार निवर्तमान कान्छो मेयर बरबरिया ४ हजार ७७ मतमा सिमित भए ।

यस्तै उपमेयरमा काँग्रेसकी सुनिता कुमारी सिंह ४ हजार ९३१ मत ल्याएर विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्दी जसपाकी लक्ष्मीनिया कुमारी मण्डल ४ हजार ७९१ मत ल्याएकी छन् भने तेश्रोमा माओवाकी केन्द्रकी रेखाकुमारी मण्डल ४ हजार २१५ मतमा सिमित भएको हो ।