आज्ञा खबर
गौशाला, सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो निर्वाचित भएका छन् । ३ हजार ९९५ मत ल्याएर महतो निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत मात्र पाए ।
त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता देवी महतो ३ हजार ८६० मत ल्याएर निर्वाचित भइन् । कांग्रेसकी मञ्जु देवीले २ हजार ९५८ मत ल्याएर दोस्रो भइन् ।