मिथिला नपा ७ को वडा अध्यक्षमा काँग्रेसबाट राम लामा विजयी

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा
धनुषाको मिथिला नगरपालिका वडा नं ७ को वडा अध्यक्ष पदमा नेपाली काँग्रेसबाट राम बहादुर स्याङ्ग्दन (राम लामा) फराकिलो मतको अन्तरले विजयी भएका छन् ।
लामाले कुल ८८५ मत प्राप्त गरि विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर केसीले ५७८ मत प्राप्त गरेका छन् ।