रौतहटमा वैशाख ३० गते रोकिएको २४ मतदान केन्द्रमा मतदान जारी

[sharethis-inline-buttons]

रौतहट, जेठ ४ गते ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका क्रममा झडप भएपछि रद्द भएका रौतहटका २४ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । मतेपेटिका लुटपाट, मतपेटिका तोडफोड र झडपका कारण रद्द भएका ६ स्थानीय तहका मतदान केन्द्रहरुमा आज बिहानबाट मतदान भइरहेको हो ।

रौतहटको गरुडा नगरपालिकाको १, गढीमाई नगरपालिकाको ४, देवाही गोनाही नगरपालिकाको २, फतुवा विजयपुरका ४, बौधीमाई नगरपालिकाको ८ र यमुनामाई गाउँपालिकाको ५ मतदान स्थलमा मतदfन भइरहेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...