महोत्तरीमा पहिलो नगरप्रमुख निर्वाचित,एमालेले वाजी मारे

[sharethis-inline-buttons]

आज्ञा खबर

औरही – महोत्तरीले आफ्नो पहिलो नगरप्रमुख पाएको छ । २०७९ वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको बुधवार मध्यरात आएको नतिजाले रामगोपालपुरमा एमालेको सरकार बनाएको छ ।

एमालेबाट नगरप्रमुखको लागि उम्मेदवारी दिएका राम दुलार साह १७६३ मतको मतान्तरले विजयी घोषित भएका छन । निर्वाचन आयोगको आधिकारिक वेवसाईट र एपसमा उनी निर्वाचित भएको सार्वजनिक गरिएको छ ।

साहले ५३४९ मत प्राप्त गर्दै जित हासिल पारेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादीबाट उम्मेदवार रहेका निवर्तमान नगरप्रमुख अशोक कुमार मण्डलले ३५८६ मत मात्र प्राप्त गर्न सकेका छन । यता उपप्रमुखमा समेत एमालेकै रिना देवी यादव विजयी भएकि हुन उनले ४२६३ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिद्वन्दी काँग्रेस कि पुष्पा देवी कुशवाहालाई ८६० मतको मतान्तरले पराजित गरेकि छिन । कुशवाहाले ३४०३ मत प्राप्त गरेकि हुन ।रामगोपालपुरमा कुल मतदाता १९ हजार ७५८ रहेकोमा १३ हजार ५९१ ले नगर भित्र रहेका २४ मतदान केन्द्रहरुबाट मतदान गरेका थिए । वडामा माओवादी अगाडी यता रामगोपालपुरको ९ वडा मध्ये ४ मा नेकपा माओवादीले जित हासिल गरेको छ ।

वडा नं. १ मा माओवादीका विजय कुमार मण्डल ५१२,वडा नं. २ मा मुकेश कुमार यादव ४३३,वडा नं. ८ मा माओवादी कै राम पदारथ मण्डल ६७० र वडा नं. ९ मा नागेश्वर प्रसाद मण्डल ६४९ मत ल्याई विजयी भएका छन ।

त्यसतै वडा नं. ३ मा एमालेका जय नारायण मण्डल ५४३,वडा नं. ४ मा एमालेकै कारी कामाख्या महतो ४८६ र वडा नं. ७ मा एमालेका शम्भु साह तेली ४२९ मत ल्याई विजयी भए ।

यता वडा नं. ६ मा भने लोसपाका शिवचन्द्र महतोले ७१४ मत ल्याई पालिकामै एकमात्र लोसपाका तर्फबाट वडाअध्यक्षमा निर्वाचित हुन पाए भने नेपाली काँग्रेसवाटै समेत वडा नं. ५ का मकेश्वर कुमार शर्मा ५२८ मत ल्याई विजयी भए ।

निर्वाचित नगरप्रमुख,उपप्रमुख,वडाअध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणपत्र निर्वाचन अधिकृतले वितरण गर्नेछन ।