धनुषा- धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेस पुरै प्यानलसहित विजयी भएका छन् ।
काँग्रेस वडाध्यक्षका उम्मेदवार राममणि कुशवाहा पुरै प्यानल सहित निर्वाचित भएका हुन् ।
कुशवाहा ८५ मतान्तरले निर्वाचित भएका छन् । कुशवाहा ६५६ मत ल्याएर विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्दी निवर्तमान वडाध्यक्ष नेकपा एमालेका उम्मेदवार हिरालाल महतो ५७१ मतमा सिमित भए ।२०७४ को निर्वाचनमा महतोले निर्वाचित भएका कुशवाहालाई ७४ मतले पाराजित गरेका थिए । ।यो निर्वाचनमा कुशवाहाले महतोलाई ८५ मतले पराजित गरेका हुन् ।।