आज्ञा खबर
ढल्केवर– धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । मिथला नगरपालिका वडा नं. ३ मा नेकपा एमालेका उम्मेदवार प्लान सहित विजयी भएका छन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार रामएकवाल महतो १५० मतान्तरले निर्वाचित भएका हुन् ।
उनले एक हजार ६९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका रामउदगार महतोले ९१९ मत पाएका छन् । तीन हजार ४०६ मतदाता वडा नं. ३ मा जम्मा दुई हजार ६१९ मत खसेको थियो ।
वडाअध्यक्षमा निर्वाचित भएका महतो अघिल्लो पटकको चुनावमा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा विजयी भएका थिए ।