आज्ञा संवाददाता
सर्लाही
सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडामा नेपाली काँग्रेसले जित हासिल गरेको छ । निर्वाचन अधिकृत शिवदत्त बरालका अनुसार सोमबार बिहान सम्पन्न मतगणनामा काँग्रेसका रामआश्रय साह ४ हजार ४७७ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका फकिरा महतोले ३ हजार ३७८ मत प्राप्त गरे भने एमालेका अजयकुमार सिंहले १ हजार ६०७ मत ल्याए ।
त्यस्तै उपाध्यक्षमा काँग्रेसकै अकली सहनी ४ हजार ५०४ मत ल्याई निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निलम कुमारी देवी सहनीले ३ हजार २२५ र नेकपा एमालेकी रमिता कुमारी यादवले १ हजार ६०३ मत ल्याए ।