आज्ञा सम्वाददाता
२०७९ जेष्ठ २, सोमबार बर्दिबास । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १४ मा स्वतन्त्र उम्मेदवार बिजय महतो बिजयी भएका छन् । ५ सय ८ मत प्राप्त गरी महतो विजयी भएका हुन् ।
निर्वाचन कार्यालय बर्दिवासका अनुसार महतोका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरत प्रसाद हमाल लाई १ मतले पछि पार्दै जित हात पारेका हुन् ।
हमालले ५ सय ७ मत प्राप्त गरेको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए । महतोले स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।