बर्दिबास वडा नं. ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भोरिल यादव १ मतले विजयी

[sharethis-inline-buttons]

महोत्तरी, जेठ १ गते ।

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार १ मतले विजयी भएका छन् ।स्वतन्त्र उम्मेदवार (जेब्रछाप)का राम स्वगारथ यादव (भोरिल) वडाध्यक्षमा विजयी भएका हुन् ।

नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार सुरेन्द्र सिंह कौइरीलाई पराजित गर्दै उनले वडाअध्यक्ष पदमा जित हात पारेका हहुन् ।
यादवले ७२७ ल्याउँदा पराजित माओवादी केन्द्रका कोइरीले ७२६ मत ल्याएका छन् ।यादवले महोत्तरीको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रल्हाद क्षेत्रीको प्यानलबाट उम्मेदवारी दिएका थिए।टुडेपाटी