आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको गौशाला नगरपालिकामा
१ हजार ३८९ मतगणना गर्दा जनता समाजवादी पार्टीका उम्मेद्वार डाक्टर दिपेन्द्र महतोले ३३२ मत ल्याएर दौडमा उक्लिएका छ । उनलाई नेकपा माओवादी केन्द्रका विष्णु बहादुर योञ्जनले २८७ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले २३८ मत ल्याएर पछ्याई रहेका छन् ।
यस्तै उपमेयर पदमा पनि जसपाकी रेणु कुमारी महतोले ३४१ मतकासाथ अग्रस्थानमा छिन् । लोसपाकी उपमेयर उम्मेद्वारले २७३ र माओवादीले २७२ मत पाएर पछ्याई रहेकी छिन् ।