महोत्तरीको सोनामा गाउँपालिकाको मतगणना स्थलमा झडप

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
मत गणनामा कुरा नमिलेपछि महोत्तरीको सोनामा गाउँपालिकाको मतगणना स्थलमा झडप भएको छ झडप भएपछि मतगणना रोकिएको छ ।
गाउँपालिकाको सभाहलमा मतगणना थालेको केही समयमै झडप भएको हो गणना शुरुभएर ६ वटा मात्रै मत गणना भएपछी ।
मतपत्रको कोठामा मसि लागेको मतपत्रलाइ सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा कुरा नमिलेपछि झडप भएको निर्वाचन अधिकृत दीपककुमार मिश्रले जानकारी दिए । मत गणनास्थलमा रहेका जसपा र लोसपाका पार्टी प्रतिनिधिबीच कुरा नमिलेपछि झडप सुरु भएको थियो ।

अहिले स्थिती सामान्य बनाउने काम भइरहेको मिश्रले बताए । स्थिती सामान्य भएपछि सर्वदलिय बैठक बसेर पुनः गणना सुचारु गर्ने उनले जानकारी दिए ।