बारामा झडप गराएको आरोपमा बागी उम्मेदवार पक्राउ

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सिमरा
झडप गराएको आरोपमा प्रहरीले बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएको छ। स्वतन्त्र उम्मेदवार कँडेललाई आवश्यक सोधपुछको निम्ति इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको हो ।

माओवादी केन्द्र निकट उनी महिलाहरु बसिरहेको स्थानमा गएर गालीगलौजमा उत्रिएपछि झडप भएको थियो । यो घटना स्याउली चोकमा भएको हो ।

प्रहरीका अनुसार उमाकान्तको टोलीले गालीगलौज गरेपछि झडप हुँदा एमाले पक्षका श्याम न्यौपाने घाइते भएका छन् । घाइते न्यौपानेको अवस्था सामान्य छ ।

पक्राउ परेका उमाकान्तको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । उनी बागी उम्मेदवार हुन् ।