आज्ञा सम्वाददाता
सिरहा
वैशाख ११ र १२ गत्ते मनोनयनपत्र दर्तापछिको उम्मेदवारको सूची प्रकाशन, १३ वैशाखमा दाबी विरोधपछि १४ वैशाखमा प्रकाशित उम्मेदवारहरूको सूचीमा समेत रहेका जनता समाजवादी पार्टीबाट मेयर र दुई वडाध्यक्ष पदमा उम्मेदवारी खोसिएका तीनजनाको उम्मेदवारी कायम गर्न सर्वोच्च अदालतले उत्प्रेषण आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले मंगलबार निर्वाचन आयोगको नाममा उत्प्रेषण आदेश जारी गर्दै सिराहाको कल्याणपुर नगरपालिकाका मेयर पदका प्रत्यासी प्रदीप साह, वडा नम्बर ५ का अध्यक्षका प्रत्यासी ओमप्रकाश यादव र वडा नम्बर १२ का अध्यक्षका प्रत्यासी गयाराम यादवको उम्मेदवारी कायम गर्न आदेश दिएको हो ।
त्यसपछि निर्वाचन अधिकृतको कार्यालय कल्याणपुरले १६ वैशाखमा प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा हस्तलिपिमा थप गरी मेयर उम्मेदवार साहको सट्टा रामबाबु यादव, वडा नम्बर ५ का अध्यक्षका प्रत्यासीमा दीपेन्द्र यादव र वडा नम्बर १२ का अध्यक्षको प्रत्यासीमा गौरीशंकर यादवको नाम राखिएको उल्लेख छ