आज्ञा सम्वाददाता
बीरगंज
पर्साको वीरगन्ज महानगरपालिकाका नेकपा (एमाले)का तर्फबाट मेयरका उमेदवार विजय सरावगीलाई निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको अभियोगमा स्पष्टीकरण सोधेको छ ।
मतदाताको घरमा प्रवेश गरी मत खरिद गर्न नगदको लेनदेन गरेको भन्ने उजुरी प्राप्त भएकोले सरावगीलई आयोगले स्पष्टीकरण सोधेको हो।
मतदाता प्रभावित हुने आर्थिक प्रलोभन देखाउने गतिविधि गर्नुभएको हो ? भन्दै आयोगले उनलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको जनाएको छ ।