सर्लाहीको चक्रघट्टा र लालबन्दीमा माओवादी अध्यक्ष प्रचण्डले आज सम्बोधन गर्ने

आज्ञा सम्वाददाता
सलाही
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचन अन्तर्गत चुनावी सभालाई सम्बोधन गर्न आज मंगलबार सर्लाही आउने भएका छन् ।

सर्लाहीको चक्रघट्टा र लालबन्दीमा पार्टीले आयोजना गर्ने चुनावी सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन् । काठमाडौंबाट बिहान साँढे ८ बजे सिम्रिक एयरको हेलिकप्टरमा रौतहटको विश्रामपुरमा ओर्लिएर स्थानीय चुनावी सभालाई सम्बोधन गरेपछि अध्यक्ष प्रचण्ड सर्लाहीको चक्रघट्टा बजारमा आउने छन् । बिहान साँढे १० देखि ११ बजे बीचमा चक्रघट्टा बजारमा आयोजना हुने पार्टीको आमसभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने माओवादी केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रामेश्वर राय यादवले जानकारी दिए । रामेश्वरका छोरा चक्रघट्टा गाउँपालिका अध्यक्षका निवर्तमान अध्यक्ष विक्रम यादवले पुनः अध्यक्षमा उम्मेद्वारी दिएकाले उनको प्रचार प्रसारका लागि अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।

त्यस्तै चक्रघट्टाको कार्यक्रम सकिने वितिकै अध्यक्ष प्रचण्ड सोही हेलिकप्टरबाट पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दीमा उत्रने छन् । त्यहाँ आयोजित चुनावी सभामा पार्टीका केन्द्रीय सदस्य समेत रहेका मेयर उम्मेद्वार प्रल्लाद बुढाथोकीको पक्षमा प्रचण्डले सम्बोधन गर्नेछन् । लालबन्दीको कार्यक्रम सकिएपछि आज दिउँसो अध्यक्ष प्रचण्ड सोही हेलिकप्टरमा महोत्तरीको बर्दिबास तर्फ आउने बताईएको छ । हेलिकप्टरमा सुरक्षा अधिकृत समेत सँगै आउने हुनाले प्रचण्डसँग पार्टीका अन्य केन्द्रीय नेताहरु भने नहुने सुरक्षा स्रोतले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...