सर्लाहीमा मिठाइ खाएपछि माओवादीका उम्मेदवारहरू बिरामी, विष मिलाएको आशंका

[sharethis-inline-buttons]

सर्लाहीमा मिठाई खाएपछि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकाहरु विरामी परेका छन् ।हरिवन नगरपालिका वडा नम्बर ११ मा वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू मिठाई खाएपछि बिरामी परेपछि उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

आइतवार दिउँसो करिब १ बजेतिर मिठाइ खाएका उनीहरू बिरामी परेका थिए ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेपछि थप उपचारका लागि उनीहरुलाई वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

आइतवार दिउँसो मिठाइ खाएलगत्तै वडाध्यक्षका एक र दुई वडा सदस्यका उम्मेदवार बिरामी परेका छन्,’ सर्लाही प्रहरी स्रोतले भन्यो, ‘परीक्षण गर्दा उहाँहरूले खाएको मिठाइमा विष देखिएको चिकित्सकले बताउनुभएको छ।’

माओवादीबाट वडाध्यक्ष उम्मेदवार शेख इस्तिहारसहित दुई वडा सदस्यका उम्मेदवार बिरामी परेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

साभार :रातोपाटि