आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको गौशालामा समग्र विकास सेवा केन्द्रको आयोजनामा नमुना मतदान गरिएको छ । वैशाख३० मा हुन गईरहेको स्थानीय तह निर्वाचनमा नागरीकले सहज रुपमा मतदान गरुन भन्ने उद्देश्यले आईतबार नमुना मतदान गराईएको हो ।
विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा कार्यक्रम पनि नभएकाले नागरिकमा मतदानप्रति सचेतना ल्याउन मतदान गरेको मतपत्र बदर हुने प्रत्रिया रोक्न नमुना मतदान गराइएको समग्र विकास सेवा केन्द्रको कार्यकारी निर्देशक प्रेम ढुङ्गेलले बताए।
नमुना मतदानमा १०७ जना सहभागी भएका थिए । जसमा १९ मत बदर भएको थियो ।
गौशाला नगरपालिका वडा नम्बर १० को कुट्टि(रामजानकी) टोलमा गरिएको नमुना मतदानमा महिला, पुरुष, अशक्त र बृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिन मतपत्र पट्याउन सिकाइएको थियो ।