आज्ञा सम्वाददाता
महोत्तरी
नेपाली कांग्रेस महोत्तरीले पार्टीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएकाहरूलाई कारबाही गरेको छ । उम्मेदवारी फिर्ता लिन र प्रस्तावक नबन्न पाटीबाट पटक–पटक अनुरोध गर्दा पनि अटेर गरेकाले
कांग्रेस अनुशासन समितिको आजको बैठकले पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको महोत्तरी कांग्रेसले जनाएको छ ।
कांग्रेसले बर्दिवास नगरपालिकाका मेयर पदका उमेदवार प्रलाद क्षेत्री लगायत जिल्लाका विभिन्न पालिकामा बागी उम्मेदवारी दिएका ३२ जनालाई कारबाही गरेको हो । कारबाहीमा पर्नेहरुले पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन।
निष्कासनमा पर्नेहरूमा बर्दिबासबाट कांग्रेसको आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालविरुद्ध उम्मेदवारी दिने प्रह्लाद क्षेत्री बर्दिबास नगरपालिकाकी उपमेयरको उमेदवारी दिने तारादेवी महतो, भोला खडका, युवराज पोखरेल, दिपबहादुर कार्की, राम सोगरथ यादव, बोधबहादुर कटवाल, विजयकुमार महतो, युवराज पोखरेल, विनोद ढुङ्गेल, अनिल महतो र अमृत सिंह गरी १२ जना रहेका छन ।
त्यसैगरी गौशाला नगरपालिकाका प्रमोदकुमार झा, पिपरा गाउँपालिकाका विजय यादव र प्रभास यादव, एकडारा गाउँपालिकाका मनोज कुमार झा, राम स्नेही मण्डल, शिवकुमारी यादव र गौरीसंकर मिश्र, महोत्तरी गाउँपालिकाका छेदी चौधरी, जिवछ यादव, सिलादेवि, जिबछ पण्डित, राम नरेश राय, कारी कापर, सोनाम गाउँपालिकाका सञ्जीव यादव, उपेन्द्र यादव, आसिना नदाफ, सन्तोषकुमार यादव, विनय यादव र रामवली यादवलाई कारबाही गरिएको कांग्रेस महोत्तरी सभापति नागेश्वर यादबले जानकारी दिए।