बर्दिवासमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुको चुनावी प्रचारको नाममा डिजे आतंक

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको बर्दिवासमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले चुनावी प्रचारको नाममा डिजे आतंक मचाएका छन् ।

निर्वाचनको समय नजिकिँदै गर्दा उम्मेदवारहरुहरुले चुनावी प्रचारलाई तिव्रता दिएका हुन् सोही क्रममा उनीहरु बर्दिवास नगर भरीनै डिजे बजाएर घुमाउने गरेका छन् । मधेसकै साझा गन्तब्यकै रुपमा चिनिने बर्दिवासमा प्रचार प्रसारको नाममा प्रमुख राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले नगरमा डिजे बजाउन थालेपछि सर्वसाधारणहरुलाई समस्या खेप्नु परेको छ ।

राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरुले आफ्नो पक्षमा जनतालाई मतदान गर्न प्रेरित गर्ने उद्देश्यले विभिन्न प्रकारको विज्ञापन तथा गीत बनाएर ठुलो साउन्डमा बजाईरहेका छन् । सोही गीत इ–रिक्सा, पिकअप जस्ता गाडीमा बाजा लगाएर चुनावी प्रचार गर्दा नगर क्षेत्र कोलाहलमय हुन पुगेको छ ।