आज्ञा सम्वाददाता
बर्दिवास
वैशाख ३० गते हुनलागेको स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस बर्दिवास नगरपालिकाले आफ्नो पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ कांग्रेसले बर्दिवास नगरपालिकाको मेयर पदका उमेदवार चिरञ्जिबी हमाल तथा उपमेयर पदका उमेदवार अनिता कुमारी महतो लगायत सम्पुर्ण उमेदवारलाई बिजयी बनाउन सो प्रतिबद्धता पत्र जारी गरेको हो ।
कांग्रेसले असल शासन तथा जवाफदेहिता,सहज र प्रभाबकारी सेवा प्रवाह,नितिगत कानुनी तथा संस्थागत क्षमतामा बिकास,श्रोतको उचित ब्यवस्थापन, समन्वय ,सहकार्य र साझेदारी, सामाजिक रुपान्तरण,बैज्ञानिक निती योजना तर्जुमा सुचनार प्रबिधिको प्रयोग लगायतका बिषयलाई मुख्य प्राथमिकतामा राखेको छ।