महोत्तरीमा ७ सय ३० जनप्रतिनिधिको लागि ३ हजार ५ सय ५३ जनाको उम्मेदवारी

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी

महोत्तरीका १५ वटा पालिकामा विभिन्न पदमा आसन्न स्थानीय तह निर्वाचनका लागि तीन हजार ५ सय ५३ जना उम्मेदवारहरूले आइतबार र सोमबार मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन आयोग महोत्तरीको अनुसार जिल्लाका १० नगरपालिकाहरूमा १५० जना नगरप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन भने बाँकी पाँच गाउँपालिकामा ८६ जनाले गाउँपालिका प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन । त्यसैगरी जिल्लाका १३८ वटा वडाहरु जम्मा ८८५ जनाले वडा अध्यक्षमा, ५८३ जनाले महिला सदस्यमा, ५५४ जनाले दलित महिला सदस्यमा र ११७३ जनाले सदस्यमा मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।

१५ वटा पालिकामा विभिन्न पदमा गरी ७२० जना मात्र जनप्रतिनिधि निर्वाचित हुनेछन् । महोत्तरीमा तीन लाख ३६ हजार ९५ जना मतदाता छन् भने जिल्लाभरि ४९७ मतदान केन्द्र र २५८ मतदानस्थल रहेका छन् ।