पछिल्लो २४ घण्टामै १७ लाखभन्दा बढीमा कोरोना संक्रमण

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमाडौ
पछिल्लो २४ घण्टामै १७ लाखभन्दा बढीमा कोरोना भाईरस संक्रमण देखिएको छ।

संक्रमण सबैभन्दा बढी जर्मनीमा २ लाख २० हजारजनामा देखिएको हो।

यस्तै, रसियामा १ लाख ३७ हजार, ब्राजिलमा १ लाख ३३ हजार, टर्कीमा ८६ हजार ६००, अमेरिकामा ७० हजार, फ्रान्समा ६७ हजार, वेलायतमा ४० हजार र भारतमा १३ हजार जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा १० हजार ३९५ जना संक्रमितको मृत्यु भएको छ। अमेरिकामा २ हजार ३७०, ब्राजिलमा ९५६, रसियामा ७८५, मेक्सिकोमा ७०६, भारतमा ३०२, स्पेनमा ३०१, जर्मनीमा २५३ र इटलीमा २५२ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा २४ लाख २३ हजार संक्रमित निको भएका छन्। हालविश्वभर साढे ६ करोड सक्रिय संक्रमित रहेका छन्।