सृष्टि क्षेत्री
बर्दिवास
महोत्तरीका ८ वटै स्थानीय तहका ८३ हजार बालबालिकालाई आजदेखी कोरोनाबिरुद्धको पहिलो चरणको मोडोना खोप लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका खोप सम्पर्क ब्यक्ति लक्षमेश्वर झाका अनुसार जिल्लाका दक्षिणीभेग जलेश्वर नगरपालिका, एकडरा गाउँपालिका ,मटिहानी नगरपालिका ,मनरासिस्वा नगरपालिका ,बलवा नगरपालिका, लोहारपट्टी नगरपालिका ,पिपरा गाउँपालिका र महोत्तरी गाउँपालिकाका सबै निजी संस्थागत तथा सामुदायिक बिद्यालयका १२ बर्ष देखी १७ बर्ष उमेर समुहका ८३ हजार बिद्यार्थीले खोप लगाउने भएका हुँन।
खोप सञ्चालन बिहान १० बजेदेखी बेलुका ४ बजेसम्म हुँने भएको छ। पहिलो चरणमा छुटेका बिद्यार्थी लाई दोस्रो चरणमा खोप लगाइने छ । खोप लगाउनकालागी हाल जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीसंग ८४ हजार खोपको डोज तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। मेडोना खोपको दोस्रो डोज आगामी फागुण २ गत्ते देखी लगाईने बताईएको छ।