महोत्तरीमा कोरोनाको तेस्रो लहरमा १ सय ६६ संक्रमित ओमिक्रोन भाइरस भने पुष्टि भएको छैन।

[sharethis-inline-buttons]

निकेश खनाल,
महोत्तरी : कोरोना भाइरसको तेस्रो लहर आईपुग्दा महोत्तरीमा अहिलेसम्म १ सय ६६ जना संक्रमित भएका छन् ।

संक्रमित मध्ये एक जनाको ज्यान गएको छ । यसैगरी जिल्लामा गम्भीर प्रकारका लक्षण र अस्पतालमा नै भर्ना हुनुपर्ने अवस्था नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमणमा दिन प्रतिदिन बृद्घि भए पनि अहिलेसम्म ओमिक्रोन भाइरस भने पुष्टि भएको छैन।

यसैगरी महोत्तरीमा कोरोनाको दोस्रो लहरमा ८५ जनाले ज्यान गुमाएका थिए भने ३२ सय ७५ जना संक्रमित भएका थिए ।