प्रतिनीधिसभा सदस्य गिरीराजमणी पोखरेललाई कोरोना संक्रमण

[sharethis-inline-buttons]

सृष्टि क्षेत्री
महोत्तरी
नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवम प्रतिनीधिसभा सदस्य गिरीराजमणी पोखरेललाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्यमा केहि असहजता देखिएपछि बिहिवार बिहान पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जानाएको छ ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पोखरेल हाल महोत्तरीको बर्दिवासस्थित कम्युनिष्ट निवास आधारशिलामा स्वास्थ्य लाभ गरिरहेका छन् ।
डाक्टरको सल्लाह अनुसार पोखरेल हाल आइसोलेसनमा बसेका छन। संक्रमण भएपछी उनका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ ।
पोखरेलसंग सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउन समेत सचिवालयले अनुरोध गरेको छ ।