अराजकहरुको झुण्ड : रा स्व पा

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिबास

रा.स्व.पा. का कार्यकर्ताले आज एकजना वकिललाई कुटपिट गरेपछि सामाजिक संजाल तातेको छ । पिपलवोटे नाम गरेका एक एक्स प्रयोगकर्ता लेख्छन् “हामि नयाँ पार्टि हौ के के न गर्छौ भनेर नेपालि जनतालाई भ्रम छरेर छोटो समयमा नै राष्ट्रिय राजनितिमा उदाउन सफल भएको रा.स्व.पा. अहिले अराजकहरुको झुण्डको रुपमा परिणत भएको छ । पुराना र भ्रष्टाचारी नेताहरु भएका कारण निराश वनेका जनताको निराशाको फाईदा उठाउन सफल भएको यो पार्टि छोटो समयमा नै उभो होईन अधोगति तर्फ लागेको छ । आफ्नै पार्टि सभापतिका देश तथा विदेशमा भएका अनगिन्ती काण्डहरुको विचमा फसेको पार्टिले आज एकजना कानुन व्यवसायिलाई हातपात गरी पुराना पार्टिका भातृसंस्थाहरुले गर्नेजस्तै व्यवहार गरेवाट पुराना र नयाँमा केहि फरक रहेनछ भनेर जनताले वुझ्न थालिसकेका छन् ।”

तेस्तै फेसवुकमा राम प्रसाद नाम गरेका प्रयोगकर्ताले लेखेकाछन् “प्रजातन्त्रमा स्वतन्त्र न्यायालयलाई उच्च स्थान दिईन्छ र उक्त कार्यको लागि वहस गर्न वकिलहरु कार्यरत रहन्छन् । उनिहरुले आफुले जानेको कला गलावाट आफ्नो पक्षमा वहस गर्छन ताकि आफ्नो पक्षलाई जिताउन सकियोस । तर यहा यस्तै भूमिका निभाईरहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठिलाई रा.स्व.पा. का कार्यकर्ताले आफ्ना सभापति विरुद्ध अदालतमा वहस गरेकै आधारमा कुटपिट जस्तो जघन्य, निकृष्ट कार्यमा उत्रिएर आफ्नो मुखुण्डो उदाङ्ग पारेका छन् ।”
पुर्व सभामुख अग्नी प्रसाद सापकोटा विरुद्ध पनि मुद्दा हाल्ने वकिल त्रिपाठि खरा वकिलको रुपमा चिनिन्छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...