मोदीलाई नेपाल भ्रमणको निम्तो

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदी बिच यहाँको टोते न्युयोर्क प्यालेसमा भएको साइडलाइन वार्ताकोक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पुनः आग्रह गरेका छन् ।
आग्रहपछि प्रधानमन्त्री मोदीले आफू नेपालको भ्रमण चाँडै गर्ने मनस्थितिमा रहेको धारणा राखेको भेटवार्तामा सहभागी एक अधिकारीले बताए । अमेरिकामा नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतका प्रधानमन्त्री मोदी नेपालको भ्रमण चाँडै गर्ने तय भएको जानकारी दिइन्।

मोदीले नेपालका प्रधानमन्त्री ओलीसँगको भेटघाट राम्रो भएको बताउँदै नेपाल–भारतको मित्रता धेरै बलियो रहेकोले त्यसलाई अझै गति दिन चाहेको उल्लेख गरेका छन् । भेटपछि आफ्नो एक्समा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँग ऊर्जा, प्रविधि र व्यापार जस्ता विषयमा केन्द्रित रहेर कुराकानी भएको बताएका छन् ।

तर अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले उठाएका ईपीजी तथा सीमा समस्याका बारेमा त्यहाँ कुनै कुरा राखेनन् । बैठकमा सहभागी एक अधिकारीले भने, ‘यूएनको महासभामा आएका मौकामा भएको साइडलाइन वार्तामा यस्ता इस्युमा कुरा हुँदैन, यी विषयमा कसैले कुरा राखेन । दुई देशको सम्बन्ध, व्यापार तथा कनेक्टिभिटीको बारेमा कुराकानी भएको हो, दुई देशका बिचमा रहेको विभिन्न संयन्त्रणहरुलाई सक्रिय बनाएर अगाडि बढ्ने कुराकानी भएको छ ।’

भेटवार्तालाई निरन्तरता दिने र चाँडै नै दुई देशको प्रधानमन्त्रीले एक अर्काको देश भ्रमण गर्ने वातावरण तयार भएको ती अधिकारीले बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...