आज्ञा खबर काठमांडौ
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक फागुन ३ गते बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने तय भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
आगामी फागुन ७ देखि १० गतेसम्म हुने महासमितिको बैठकको सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको मुख्य सचिव पौडेलले जनकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई समेत सहभागिको लागी अनुरोध गरिएको छ ।
