राष्ट्रपतिको कार्यकाल, फागुन २८ मा सकिँदै आफ्नै घरमा सर्ने तयारी

आज्ञा खबर
काठमांडौ
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको दोस्रो कार्यकाल पूरा गरेर आगामी फागुन २९ भित्र सरकारी निवास छाड्ने भएकी छिन ।
राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ मा सकिँदै छ । आगामी फागुन २५ गते नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँने भएको छ ।
सरकारी सितल निवासबाट भण्डारी बूढानीलकण्ठ–२ स्थित आफ्नै घरमा सर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।
नयाँ राष्ट्रपतिका लागि दुई पूर्वसभामुखहरु रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
पौडेल आठदलीय सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने नेम्वाङ नेकपा (एमाले) का एकल उम्मेदवार हुन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...