आज्ञा खबर
काठमांडौ
नेकपा ९क्रान्तिकारी माओवादी सहित चार दलले आसन्न संघीय र प्रादेशिक निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन्।
महँगी, बेरोजगारी, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका महामारीको मारमा परेका नागरिकका लागि संघीय र प्रादेशिक निर्वाचन बोझ भएको भन्दै चार दलले चुनाव बहिष्कारको निर्णय गरेका हुन्।
चुनाव बहिष्कार गर्ने घोषणा गरेका नेकपा ९क्रान्तिकारी माओवादी०, नेकपा ९बहुमत०, नेकपा ९मसाल०, माओवादी कम्युनिस्ट पार्टी, नेपालको संयुक्त बैठकले विरोध र जनसंघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्।





































