गौशलामा मोटरसाईकल दुर्घटना हुदा एकको मृत्यू एक घाईते

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिबास: मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको घटनास्थलमै ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

महोत्तरीको गौशाला नगरपालिका(२ निगौल सडक खण्डमा बुधबार पेट्रोल पम्प नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा अ‍ौरही नगरपालिका २ बस्ने २४ वर्षीय विवेक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सम्सीबाट गौशालातर्फ आउँदै गरेको प्रदेश नं। २(०२(००३ प ७७३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश नं। २(०२(००१ प ८६७९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा प्रदेश नं। २(०२(००३ प ७७३८ नम्बरको मोटरसाइकल चालक गौशाला नगरपालिका(४ रजखोर बस्ने २५ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन् । उनको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भई थप उपचारको लागि काठमाडौं रिफर गरिएकोजिल्लाप्रहरी कार्यालय महोत्तरीलेजनाएको छ ।
मृतक यादवको शव परिक्षणको लागि जिल्ला अस्पताल जलेश्वर पठाईएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...