एलपी ग्यासमा कालोबजारी रोक्न सरकारलाई संसदीय समितिको सातदिने अल्टिमेटम

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासको आपूर्तिमा देखिने कृत्रिम अभाव, कालोबजारी तथा अन्य अनियमितता नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आवश्यक कदम चाल्न निर्देशन दिएको छ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले ग्यास आपूर्तिलाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउन पाइपमार्फत ग्यास वितरणको सम्भावना, प्रभाव र आवश्यक तयारीबारे अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिका सभापति रहबर अन्सारीले उपभोक्ताले सुरक्षित र सहज रूपमा एलपी ग्यास प्राप्त गर्ने वातावरण बनाउन सरकारले प्रभावकारी योजना अघि बढाउनुपर्ने बताए।

बैठकले लामो समयदेखि प्रयोगमा रहेका ग्यास सिलिन्डरका कारण हुनसक्ने दुर्घटनाको जोखिमप्रति पनि चासो व्यक्त गरेको छ। पुराना सिलिन्डरको गुणस्तर परीक्षण, नियमित अनुगमन तथा आवश्यक मापदण्डको कडाइका साथ पालना गराउन नेपाल आयल निगम, नेपाल एलपी ग्यास उद्योग तथा मन्त्रालयलाई संयुक्त रूपमा सक्रिय हुन समितिले निर्देशन दिएको छ।

समितिले उपभोक्ताको सुरक्षा र ग्यास आपूर्तिको विश्वसनीयता सुनिश्चित गर्न सम्बन्धित निकायबीच समन्वयात्मक रूपमा काम गर्न समेत जोड दिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...