आज्ञा खबर
बर्दिवास
धनुषामा कार्यरत सशस्त्र प्रहरीका एक निरीक्षक घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले शुक्रबार उनलाई रंगेहात नियन्त्रणमा लिएको हो।
मिथिला नगरपालिका–१०, लालगढ क्षेत्रमा सडक निर्माणसँग सम्बन्धित काममा संलग्न एक ठेकेदारसँग रकम लिइरहेको अवस्थामा सशस्त्र प्रहरी बल नकटाझिजमा कार्यरत प्रहरी निरीक्षक वकिल अधिकारी पक्राउ परेका हुन्। उनीसँग ४० हजार रुपैयाँ नगद फेला परेको जनाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका ठेकेदारसँग उनले अनधिकृत रूपमा रकम माग गरेका थिए। सोही सूचनाको आधारमा खटिएको टोलीले घुस लेनदेन भइरहेको समयमा उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका निरीक्षक अधिकारीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
