आज्ञा खबर
काठमाडौँ
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज राजीनामा बुझाएका गुप्ताले आफूमाथि उठेका आरोपहरू निष्पक्ष छानबिन होस् भनेर पद छाडेको जनाएका छन्।
‘सत्यतथ्य सार्वजनिक गर्न सहयोग पुग्ने विश्वाससहित मैले पदबाट राजीनामा दिएको हुँ,’ उनले सञ्चारकर्मीहरूसँग भने, ‘मप्रति विश्वास राख्ने सबैप्रति आभार व्यक्त गर्छु।’
गुप्तामाथि केही दिनयता सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा लाखौँ रुपैयाँ घूस लिएको अडियो सामग्री सार्वजनिक भएपछि उनको आलोचना भइरहेको थियो।
पार्टीको जिम्मेवारीमा निष्ठा प्रकट गर्दै गुप्ताले आगामी दिनमा संगठनले दिने भूमिका इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।





































