यौन व्यवसाय र गाँजा खेतीलाई खुला गरौँः कांग्रेस सचेतक श्याम घिमिरे

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
नेपाली काँग्रेसका प्रमुख सचेतक तथा सिन्धुली क्षेत्र नं १ का सांसद श्याम घिमिरले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई नेपालमा खुला गर्न माग गर्नु भएको हो ।
देशको विकासका लागि यौन व्यवसाय र गाँजा खेतीलाई वैधानिक रुपमा खुला गर्नुपर्ने प्रस्ताव गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद् घिमिरेले
देशमा विदेशी पर्यटक ल्याउने उत्तम विकल्पका रूपमा यौन व्यवसाय भएको जनाए । उनले धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने उनको धारणा थियो ।

“यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ,” घिमिरेले संसदमा भने,धेरै देशले यौन व्यवसायलाई मान्यता दिइसकेकोले आर्थिक विकासको आधार गाँजाखेती हो त्यसलाई वैधानिक बनाउन सरकारसँग माग गर्दछु । “गाँजा खेतीलाई पनि मान्यता दिऊ । अमेरिकाका धेरैं राज्यले गाँजा खुला गरेका छन् । अब हामीले पनि त्यसलाई खुला गर्नुपर्छ,”सचेतक घिमिरेले भने
देशमा मेडिकल शिक्षामा निजी क्षेत्रलाई रोक्न खोज्दा समस्या उपन्न भएको भन्दै सरकारले मात्रै मेडिकल कलेज चलाउनुपर्छ भन्ने मानसिकता बोक्दा देशबाट विद्यर्थी विस्थापित हुने गरेको उनको भनाई रहेको छ । निजि कलेज खोल्नै नदिने अवस्था छ। जसका कारण नेपाली विद्यार्थी विस्थापित भएका छन । विदेश पढ्न जान बाध्य छन् । अहिले पनि सरकारले मात्रै गर्नुपर्छ,भन्ने मानसिकताको विकास गरिएको छ। यो गलत हो । यस्ता विषयलाई अध्यादेश प्रतिस्थापन विधेयकमा समेट्नुपनमा उनले जोड दिए।