आज्ञा खबर
झापा
पूर्वराजा ज्ञानेन्द्र शाहलाई आन्दोलनमा आउँन भन्दै राजावादीहरूले झापाको बिर्तामोडमा दीप प्रज्वलन गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिको आयोजनामा शनिवार साँझ दीप प्रज्वलन गरिएको हो ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिको स्वागतमा राजावादीहरूले बिर्तामोडको मुक्तिचौकमा दीप प्रज्वलन गरेका हुन् ।
। प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली जनतालाई दिएको शुभकामना सन्देशको स्वागत गर्दै राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वमा पार्टीको झण्डासहित ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजा आऊ देश बचाऊ, श्री ५ को आह्वानलाई स्वागत छ, राप्रपा जिन्दावाद’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर करिव ७०÷८० जना उपस्थित रहेका थिए ।
मंगलबार ज्ञानेन्द्रले जातन्त्र दिवसको पूर्वसन्ध्यामा १० मिनेटको भिडियो सन्देशमार्फत अब नेपालको उन्नतिका लागि आफूले के–के त्याग गर्नुपर्ने हो तयार रहेको बताएका थिए । साथै राष्ट्र जोगाएर राष्ट्रियता कायम राख्न साथ दिन देशवासीको नाममा आह्वान गरेका थिए ।