आज्ञा खबर
बाठमांडौ
नेपाललाई धर्मनिरपेक्ष कायम गर्न अमेरिकाले एक सय मिलियन डलर खर्च गरेको बारेमा अनुसन्धान गर्न माग गरीएको छ ।
प्रतिनिधि सभाको मंगलबार बसेको
बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अमेरिकाको विदेश मामिला समितिका सभापति ब्राइण्ड माक्स र अमेरिकाका सभामुख माइक जोर्डले नेपालमा नास्तिकता फैलाउन खर्च गरेको कुरा बताएको भन्दै यसबारेमा नेपाल सरकारले अनुसन्धान गर्नुपर्ने बताए।
उनले सो बिषयको निष्पक्ष अध्ययन गरी नास्तिकता फैल्याउनका लागि रकम लिनेहरुको नाम सार्वजनिक गर्न समेत माग गरे।
लिङ्देनले भने, ‘कुनै देशले आफ्नो एजेन्सीमार्फत नेपालमा १४ अर्ब रुपैयाँ धर्मान्तरणको लागि नास्तिकता प्रवद्र्धन गर्न खर्च गरिरहेको छ भन्ने कुरा त्यो देशको आधिकारिक व्यक्ति सभामुखबाटै आएको छ भनेपछि यो सरकारले छानविन गर्नुपर्ने बिषय हो की होइन?’





































