आज्ञा खवर
काठमाडौ
सुन्दापनि अचम्म लाग्छ । आफ्नै मन्त्रालयमा मान्त्रिमाथि हातपात भन्दा । तपाईले पत्याउनुृ भएन होला तर कुरो साचो हो । नेपाल सरकारका ऊर्जामन्त्री दिपक खड्कामाथि नै यो घटना भएको हो । त्यो कुरा पनि मन्त्री स्वयंले गृहमन्त्री रमेश लेखक संग खुलाएपछि । नेपालि काग्रेशले आज आयोजना गरेको पार्टिका तर्फवाट मन्त्रिहरुको कार्यमुल्यांकन सम्वन्धि छलफलमा मन्त्री खड्काले यो विषय उठाएका थिए ।
‘गत शुक्रबार साँझ ६ बजे मन्त्रालयबाट निस्कदैँ गर्दा भ¥याङमै ममाथि एक व्यक्तिले हातपात प्रयास गरे,’ बैठकमा गृहमन्त्री रमेश लेखकलाई सुनाएका थिए, ‘किन मन्त्रालयमै सुरक्षा व्यवस्था कमजोर भयो?’
गृहमन्त्री लेखकले भने समयमा जानकारी किन नदिएको भन्दै प्रश्न गरेका थिए। ‘मलाई समयमै किन भन्नुभएन त?’ लेखकको जवाफ उधृत गर्दै एक मन्त्रीले आज्ञा खवरसँग भने, ‘अब यस्ता घटना दोहोरिन दिइने छैन।’
