पत्रकार महासंघ मधेश प्रदेशका पदाधिकारी सम्मानित

[sharethis-inline-buttons]

माधव पौडेल
नेपाल पत्रकार महासंघको २७औ अधिवेशनमा निर्वाचित भएका मधेश प्रदेशका नव निर्वाचित जिल्ला देखि केन्द्र सम्मका पदाधिकारीहरुलाई सम्मान गरिएको छ ।
आइतवार नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश र होटल संघ नेपाल मधेश प्रदेशको संयुक्त आयोजनामा वर्दिवासको गौतम होटलमा एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित जिल्ला कार्य समिति, प्रदेश र केन्द्रका पदाधिकारीलाई सम्मान पत्र वाट सम्मान गरीएको हो ।


नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमको अध्यक्षतामा आयोजित कार्यक्रमा उपस्थित अतिथिहरुले पत्रकार महासंघको निर्वाचनमा तीनवटै तहमा निर्वाचित मधेश प्रदेशवाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरीएको थियो ।
सो अवसरमा अध्यक्ष हिरा गौतमले मधेश प्रदेशको समग्र पर्यटन विकासको क्षेत्रमा यस क्षेत्रका पत्रकारहरुले निर्वाह गरेको भूमिकालाई कदर गर्न पनि कार्यक्रम राखिएको वताए । पत्रकारले मानवअधिकार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा कलम चलाउदा चलालउदै पनि देशको आर्थिक विकासको मुख्य कडि पर्यटन विकासमा पनि अझ वढि कलम चलाउन हौशला वढोस भन्ने हाम्रो अपेक्षा रहको वताए । पर्यटन विकासको क्षेत्रमा पत्रकारको दक्षता अभिवृद्धि, पत्रकारिताको विकास तथा संचार क्षेत्रलाई अझ व्यवस्थित बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य राजकरण महतो, मधेस प्रदेशका अध्यक्ष श्याम वन्जारा, महोत्तरी जिल्ला अध्यक्ष महेश कुमार दास सहित, महोत्तरीवाट विजेता आशा तोलंगे, रामनारायण महतो लगाएतलाई सम्मान गरिएको थियो ।


होटल संघ नेपालका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका संस्थापक अध्यक्ष विजय झुनझुनवालाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा होटल व्यवसायिक संघ महोत्तरी जिल्ला अध्यक्ष गुञ्ज कार्किले उपस्थित सवैलाई स्वागत मन्तव्य सहित स्वागत गरेका थिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...