आज्ञा खवर, वर्दिबास
चम्पहरी पौडेलको जन्म बुबा ईश्वरी प्रसाद र आमा विष्णुमाया पौडेलको पहिलो सन्तानको रूपमा वि.सं. २००१ असार २९ गते वुधबार रामेछाप जिल्लाको नामाडि गा.वि.स.मा भएको थियो । ५ वर्ष पुग्दा नपुग्दै वुबाको निधन भयो । आर्थिक रूपमा निकै कष्टकर र दयनीय अवस्थाबाट गुज्रिएको परीवार झन कमाउने वुवाको निधन भएपछि आमालाई आफु र आफुमुनिका दुई भाईको पालन पोषण गर्न अतिनै समस्या थियो । आमाको माईति हुनेखाने सम्पन्न परीवारको हुँदा मावलिको साहाराले वालापन जसोतसो विताएपछि काका रामप्रसाद पौडेलको साहारामा काठमाडौ गएका थिए । व्राम्हणको छोरो भएकोले आर्मिको अफिसरको घरमा पुजापाठ तथा भान्साको काम गर्ने गरी केहि वर्ष काम गरे पश्चात उनै अफिसरले नेपाल आर्मिमा १८ सालमा भर्ना गरीदिए । आर्मिमा जागीर पश्चात आम्दानिको दिगो श्रोत भएपछि आर्थिक रुपमा परिवारलाई सहयोग गर्न केहि सहज भएको थियो ।
२०२७ सालमा दाजु पदम प्रसाद पौडेलको सहयोगमा उनकै साईलि सालि सिन्धुली झागाझोली आचार्य परीवारकि छोरी देवकुमारी संग विवाह भएको थियो । विवाह भएको १० वर्ष पश्चात २०३७ सालमा नेपाली सेनामा हवल्दार दर्जामा पेन्शन पट्टा वनाई आफ्नै गाउँ नामाडि फिर्ता भएका थिए । जागीरे जिवन र पहाडको जिवन मेल नखाएपछि आफ्ना दाजुभाईहरु मधेस वसाईसरे पछि वहाँ पनि दाजु दल वहादुर क्षेत्रीको छत्रछायाँमा रहने गरी केहि वर्ष पहिले नै माईलो भाईले वर्दिवास, महोत्तरीमा किनीराखेको घर सहितको खडेरीमा २०३९ वैसाखमा वसाई सरेका थिए । छोरीको रहरले गर्दा ५ भाई छोरा जन्माएका चम्पहरी दम्पतिको छोरीको रहर भने पुरा भएन ।
सरसफाईमा अत्यत्नै सिन्सीयर उनिँ टलक्ट टल्कने कपडा (कुर्ता सुरुवाल) लगाएर वर्दिवास वजार निस्कने गर्दथे । साथिभाई ईष्टमित्र चाहिने उनलाई घर व्यवहारवाट समय निकालेर साथिभाई संग रमाईलो गर्ने गर्थे । वर्दिवासको पुरानो जयनारायण शर्माको चियापसल त्यो समयको साथिभाई भेटघाट र गफगाफ गर्ने थलो थियो ।
सामाजिक सेवामा योगदान
भूतपुर्व सैनिक संघ गठन
सर्वप्रथम आफु कार्यरत भनौ जागीरे जिवन विताएका साथिहरुसंगको सहकार्यमा नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ महोत्तरी, आफ्नै निजि घरमा कार्यालय राखि शुरुगरेका थिए । संस्थापक सभापति दान वहादुर खड्का हुँदा आफु उप सभापतिमा रहेका थिए भने अर्को लगातार दुई कार्यकाल सभापतिको रुपमा सैनिक संगठन चलाएका थिए । जिल्ला संगठन भनिएपनि महोत्तरी जिल्लामा नेपाली सेनामा दक्षिण तर्फका सदस्यहरु कम भएको हुँदा उत्तर तर्फका छिमेकि जिल्लाका समेत गरी करीव३०० सदस्यहरुलाई एकैठाउँमा गोलवद्ध वनाई उनिहरुको हक, अधिकारको लागि काम गरेका थिए । शुरुका दिनमा आफ्नै घरमा स्थापित उक्त संस्थाको आज आफ्नै भवन समेत वनिसकेको छ ।
विश्व हिन्दु महासंघ
धार्मिक जागरण अभियानमा अग्रणि भूमिका निभाएका उनले आफ्नो अध्यक्षतामा वर्दिवासमा विश्व हिन्दु महासंघलाई भित्र्याएका थिए । धार्मिक गतिविधिहरु भएता पनि संगठनका रुपमा नभएको समयमा वावुराम रिसालसंगको सहकार्यमा खैजेडि भजन गाउने समुह गठन गरी धार्मिक कार्यक्रम गर्ने घरघरमा खैजडि भजन शुरु गरेका थिए । पछि उक्त भजन समुह हार्मोनियम, ढोलक, माईक, सहितको वाद्यवाधक खरीद गरी भजन किर्तनको समुहमा परिणत भएको थियो । धेरै वर्षसम्म यो समुहले वर्दिवास लगाएत छिमेक जिल्लाहरुमा पनि धार्मिक भजन किर्तनको वाढि नै ल्याएको थियो । हार्मोनियम मास्टर शेषराज खनाल, कृष्ण गौतम तथा विनोद खड्काको सहयोगमा यो समुह अगाडि वढेको थियो । समुह मार्फत धार्मिक गतिविधि वडा वडामा संचालन गरी धार्मिक जागरण ल्याउन गरेको योगदान आजपनि वर्दिवासवासिले सम्झिरहेका छन् । धार्मिक कार्यक्रममा नाचँगान गर्न अत्यन्तै रुचाउने वहाँको नाचँ देखेका वर्दिवासका वहाँका समकक्षि आजपनि सम्झन्छन् ।
वुढो समुह खिर पिक्निक
वर्दिवासमा निर्दोषि पुस्तक पसलका संचालक वावुराम फुँयाल संगको सहकार्यमा उनले वर्षमा एकपटक सवै आफ्ना समकक्षिलाई सहभागि गराउने काम खिर पिक्निकको शुरुवात गरेका थिए । यो पिक्निक कार्य क्रम धेरै वर्षसम्म निरन्तर चलेको थियो । वुढो समुह खिर पिक्निक भनेर शुरु गरेता पनि यसको लोकप्रियताले गर्दा युवाहरु लगाएत त्यो वेलाको समग्र वर्दिवास गा.वि.स.का व्यक्तिहरुको सहभागिता हुन्थ्यो । आज पनि त्यो वेला खाएको खिरको स्वाद जिव्रोमा झु्ण्डिएको सहभागिहरुले वताउने गरेका छन् ।
अन्य सामुहिक कामहरु
गाउँमा हुने विकास निर्माणको उपभोक्ता समितिहरुमा पनि नेतृत्व गरेर वाटोघाटो, खोलानालाको काम गर्ने । नेवारडाडा कामिडाडाँ सामुदायिक वन स्थापना र जगेर्नाको लागि समेत रातदिन खट्ने गरेका थिए । वर्दिवासका राजनितिज्ञ चिरन्जीवि हमाल संगको निकटताका कारण राजनितिक रुपमा नेपालि काग्रेश संग जोडिएर पार्टिको गतिविधिमा संलग्न रहेका थिए ।
अन्तमा,
उनले शुरु गरेका धार्मिक तथा सांगठनिक कार्यहरु सुस्ताएकोमा उनको अभाव खड्किएको छ । सहयोग र सहकार्यको अभाव रहेको आजको समाजमा एउटा अनुकरणीय व्यक्तिको आवश्यकताको खाचो देखिन्छ । आर्मिको जागीर, सधै सक्रिय र सकारात्मक जिवन यापन अपनाएका कारण स्वस्थ्य जिवन विताएका उनको सामान्य विरामीका कारण ७३ वर्षको उमेरमा वि.सं. २०७३ चैत्र १ गते काठमाडौको एक अस्पतालमा निधन भएको थियो ।