ढुंगानाको निधनमा आज सार्बजनिक बिदा

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
सरकारले पुर्वसभामुख दमननाथ ढुंगानाको निधन प्रती आज सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । साथै आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

आइतबार निधन भएका ढुंगानाको आज अपराहन्न १ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै छ ।