लोसपाको महासचिवमा यादव मनोनित

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको महासचिव पदमा शीतलप्रसाद यादव मनोनित भएका छन् । मधेश प्रदेशको सिरहा निवासी यादवलाई लोसपा अध्यक्ष महन्थ ठाकुरले पार्टीको संशोधित अन्तरिम विधान अनुसार केन्द्रीय सदस्यबाट महासचिव पदमा मनोनित गरेका हुँन ।

यसैगरी लोसपा नेपालले महाधिवेशन लक्षित सदस्यता वितरण अभियान सुरु गरेको छ । जसअनुसार सिरहामा अगामी शनिबार सदस्यता वितरण कार्यक्रम हुने तय भएको छ । गत असोज ८ गते अध्यक्ष ठाकुरले तीन सय ११ सदस्यीय केन्द्रीय समिती घोषणा गरेका थिए ।

कार्यसमितिमा अध्यक्षसहित ६४ जना पदाधिकारी रहेका छन् । पदाधिकारीमध्ये राजेन्द्र महतो, अनिलकुमार झा, केशव झा, कौशलकुमार सिंहलगायतका पदाधिकारीले पार्टी छाडिसकेका छन्। । रासस