आज्ञा खबर
काठमांडौ
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखलाई बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
नेपालको संविधानको धारा १६७ अनुसार
राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यही फागुन २८ गते मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) अनुसार राष्ट्रपति पौडेलले प्रदेश प्रमुख नियुक्त गरेका हुँन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संवैधानिक अंगका प्रमुखको उपस्थिति रहेको थियो।