प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक लिए विश्वासको मत

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार संसदबाट तेस्रोपटक विश्वासको मत लिएका छन् । बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

मत विभाजनद्वारा सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । मत विभाजनको परिणामअनुसार बैठकमा २६८ जना सांसद उपस्थित रहेका र प्रस्ताव पक्षमा १५७, विपक्षमा ११० र मत दिन्नँ भन्ने तटस्थमा १ मत खसेको सभामुख घिमिरेले जानकारी दिए ।

प्रस्तावको पक्षमा खसेको १५७ मत बहुमत पुगेकाले प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख घिमिरेले बैठकमा जानकारी गराए ।