आज्ञा खबर
काठमांडौ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लिङ्देनले राप्रपाले सरकारमा सहभागी हुन खोजेर पनि नपाएको भन्ने हल्ला फैलाउन खोजेको बताएका छन । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले केही दिनमै आफ्नो पार्टीलाई खोज्ने अवस्था आउन सक्नेजिकिर गरे ।
राप्रपालाई सरकारमा जान कुनै इच्छा नभएको जनउदै उनले सरकार बनाउने र गिराउने खेलमा नलाग्ने उल्लेख गरे ।
मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताउदै उनले नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै पक्षलाई आह्वान गरे ।
लिङ्देनले मिटरब्याजी पीडित, लघुवित्त पीडित, दुग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने धारणा राखे ।