आज्ञा खबर
काठमांडौ
पुर्व सत्ता गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार (आज) बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले निर्वाचन अघिदेखि बनेको गठबन्धन तोड्दा प्रचण्डले सहयात्री दलसँग एकपटक पनि छलफल नगर्नुलाई धोका भएको कांग्रेसका महामन्त्री गगन थापाले बैठकपछि जानकारी दिए ।
उनल गठबन्धनका साझेदारहरू छलफलमा बसेका हौँ । गठबन्धन छोड्ने यत्रो ठूलो निर्णय गर्दा प्रधानमन्त्रीजीले एकपटक पनि गठबन्धनका दलसँग छलफल गर्नुभएन । यो उहाँले गठबन्धनमाथि गरेको ‘धोकाधडी’ हो भन्ने निष्कर्ष रह्यो ।”
यस्तै बैठकमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले वर्तमान सत्ता गठबन्धन यहाँको सत्ता सञ्चालनसँग मात्र नभएर शक्ति केन्द्रको स्वार्थसँग जोडिएको बताए ।
बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी सहभागी थिए ।