नवनियुक्त ३ जना मन्त्रीले शपथ लिए

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्यालले
मन्त्री पदको शपथ लिएका हुँन ।
तीनै जनाको मन्त्रालय भने तोकिएको छैन । विशेष गरेर गृह मन्त्रालयमा एमाले र रास्वपा दुवैको दाबी रहेको छ । यस्तै एमाले र माओवादीबीच केन्द्रदेखि प्रदेशसम्मका सरकारमा सहकार्य गरेर जाने सहमति भएको छ ।
यो सँगै सातै प्रदेशमा पनि सरकार फेरिने सम्भावना बढेको छ । केन्द्रमा भने आधा–आधा समय सरकारको नेतृत्व गर्ने एमाले र माओवादी बिच सहमति भएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको छ । माओवादीले नेपाली कांग्रेससँगको गठबन्धन नगर्ने निधो गरेपछि अहिलेको गठबन्धन ढलेको हो । अब नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी मिलेर नयाँ गठबन्धन बनेको हो ।