नेपालमा लाखौं विदेशीहरुले रोजगार पाएपनी नेपालीहरु रोजगारकालागी बिदेशमा भौतारीनुपर्ने अवस्था आएको प्रभु साहको भनाई

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले नेपालमा लाखौं विदेशीहरुले रोजगार पाएको तर नेपालीहरु रोजगारकालागी बिदेशमा भौतारीनुपर्ने अवस्था आएको बताएका छन ।
नेपालका सरकारी मान्यताप्राप्त कम्पनीहरुमा, उद्योगहरुमा बिदेशीले काम गरिरहेको स्मरण गराउदै उनले नेपालीको रोजगारी पाउने संवैधानिक हकको कार्यान्वयनका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालीहरु विदेशमा रोजगारी नपाएर तड्पिरहने तर नेपालमा विदेशीहरुले निर्वाध रोजगारी गरिरहने अवस्था रहेको बताए ।

 

‘नेपालका युवाहरु रोजगारीको खोजीमा विदेशमा तड्पिरहेका छन्, मरिरहेका छन् । विदेशीहरु भने नेपालमा बेरोकतोक रोजगारी पाइरहेका छन् । यो सबै दृश्य हेर्दा लाग्छ– नेपालमा नेपालीहरुहरुको सरकार हो कि विदेशीहरुको सरकार हो ?’ उनले प्रश्न गरे ।

नेपालीहरुको सरकार भए नेपाली युवाहरुले नेपालमा रोजगारी पाउनुपर्ने उनको भनाइ छ । उनले नेपाली युवाहरु विदेशमा तड्पिनुपर्ने र विदेशीहरुले नेपालमा रोजगारी पाउने जुन दुखदायी स्थिति छ । यसको अन्त्य हामी चाहन्छौं ।’

 

युवाहरुले आफैं रोजगार हुने प्रयत्न गर्ने र नसक्दा राज्यबाट रोजगारी पाउनुपर्ने उनको भनाइ छ ।

‘रोजगारी मौलिक अधिकार हो, राज्यले दिनुपर्ने हो । नागरिकले रोजगारीको हक राख्दछ । सरकारमा बस्नेहरुलाई यो याद जस्तो लाग्दैन’, उनी थप्छन्, ‘म जान्न चाहन्छु– यो मौलिक हकबारे जानकारी राज्यको ओहादामा बस्नेहरुले राख्छ कि राख्दैन ? राख्दैन भने पदमा बसिराख्न मिल्दैन । होइन भने यी चिजहरु सम्बोधन होस् ।’

विगतमा कतिपय नेताहरुले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने र रोजगारी दिलाउने वाचा गर्दै भोट मागेको स्मरण गर्दै नेता साहले उनीहरु अहिले मौन रहेको टिप्पणी गरे ।
नेपालमा कर्मचारीहरुको हक हितका लागि भनेर ट्रेड युनियनहरु रहेको स्मरण गर्दै उनले उनीहरु पनि रोजगारी पाउने युवाहरुको हक कार्यान्वयन र विदेशमा रहेका नेपाली युवाहरुले रोजगारी पाउँदा के कस्तो सुविधा पाइरहेका छन् भन्नेबारे मौन रहेको बताए ।

‘ट्रेड युनियनहरु कहाँ हराएका छन् ?’, उनी प्रश्न गर्छन्, ‘जुन देशमा नेपाली युवाहरु गइरहेका छन् त्यहाँ ट्रेड युनियन अधिकार छ कि छैन भनेर हेर्नुपर्दैनउनले प्रश्न गरे ?’